हङकङ प्रहरीले राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत विदेशी शक्तिसँग साँठगाँठको आरोपमा कार्डिनल जोसेफ जेन जेक्युनलाई पक्राउ गरेको छ। त्यस्तै, पूर्व विपक्षी सांसद मार्गरेट ङ र गायक डेनिस होलाई पनि बुधबार पक्राउ गरिएको छ।
यी तीनै जना ६१२ मानवीय राहत कोषका ट्रस्टी थिए। जुन कोष २०१९ को सरकारविरोधी प्रर्दशनमा सहभागी भएकाहरुलाई सहयोग गर्न खडा गरिएको थियो। अहिले सो कोष बन्द भइसकेको छ।
९० वर्षीय जेनलाई प्रहरीले जमानतमा छाडेको छ। भ्याटिकनले जेनको गिरफ्तारीलाई आफूहरुले नियालिरहेको भन्दै विज्ञप्ति निकालेको छ।
सो कोषको अर्का ट्रस्टी हुइ पो क्युङलाई पनि प्रहरीले मंगलबाट जर्मनी जानै लाग्दा पक्राउ गरिएको थियो।
कोषका बाँकी एक ट्रस्टी सिड हो साउलान अहिले जेलमै छिन्।
‘उनीहरुमाथि हङकङविरुद्ध प्रतिबन्ध लगाउन विदेशी संस्थाहरुलाई आह्वान गरेको आरोप छ। जसले राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्छ,’ प्रहरी प्रवक्ताले भनेका छन्।
जेन २००६ मा क्याथोलिक चर्चको कार्डिनल नियुक्त भएका थिए। तीन वर्षपछि उनले अवकाश लिएका थिए। उनी हङकङको राजनीतिमा सक्रिय थिए। उनले हङकङ र केन्द्रीय सरकारको आलोचना गर्दै आएका छन्। एसीएमपी
Shares
प्रतिक्रिया