ब्रा लगाएर खिचेको सेल्फीका कारण बर्खास्तीमा परेकी चाइना साउदर्न एयरलाइन्सकी एक परिचारिकाले प्रान्तीय उच्च अदालतमा पुनरावेदन दिएकी छन्।
गुओ थरकी ती महिलाले १२ अक्टोबर २०१९ मा उडान ढिला भएपछि विमानको ट्वाइलेटमा सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्।
कन्ट्रोल सिस्टममा गडबडीका कारण सो उडान ढिला भएको थियो। त्यसबेला विमानमा यात्रु थिएनन्।
गुओले विच्याटमा आफ्नो तस्बिर पोस्ट गरेर लेखेकी थिइन्, ‘केही नलगाएजस्तो महसुस भइरहेको छ। यो साह्रै आरामदायी छ। यो ब्रान्डको ब्रा लामो समय लगाएपछि मेरो स्तनको आकार बढेको छ।’
तर, १० मिनेटपछि उनले पोस्ट डिलिट गरेकी थिइन्। उनले आफ्नो साथीको भित्री वस्त्रको ब्रान्ड प्रबद्र्धन गर्ने उदेश्यले सो पोस्ट गरेकी थिइन्।
त्यसको एक महिनापछि चाइना साउदर्न एयरलाइन्सले उनलाई बर्खास्त गरेको थियो। ‘कामको समयमा सामाजिक सञ्जालमा ‘अशोभनीय तस्बिर’ पोस्ट गरेको र त्यसले कम्पनीलाई नकारात्मक असर पारेको भन्दै उनलाई हटाइएको थियो।
फेब्रुअरीमा क्वाङचौ इन्टरमिडियट जनअदालतले उनलाई कामबाट हटाउनु गैरकानुनी कदम नभएको फैसला दिएको थियो।
तर, १५ वर्षदेखि विमान परिचारिका रहेकी गुओले उच्च अदालतमा पुनरावेदन गरेकी हुन्। एससीएमपी
Shares
प्रतिक्रिया