हङकङमा गलत सूचना फैलाएको आरोपमा १९ जना पक्राउ

हङकङमा गलत सूचना फैलाएको आरोपमा १९ जना पक्राउ

नेपालखबर
बैशाख २८ , काठमाडौँ

हङकङ प्रहरीले गलत सूचना फैलाउनेलगायतका आरोपमा १९ जनालाई पक्राउ गरेको छ।

हङकङमा कोभिड–१९ को पाँचौं लहर चलिरहेको समयमा उनीहरुले गलत सूचना फैलाएको हङकङको सुरक्षामन्त्री क्रिस टाङ पिङ केउङले बताएका छन्। 

लेजिस्टटिभ काउन्सिलको बैठकमा बोल्दै उनले अहिले पक्राउ परेकाहरुले महामारी नियन्त्रणको लागि लगाइएको नियम पालना नगरेको बताएका हुन्।

त्यसका साथै उनीहरुले अरुलाई पनि महामारीको नियम उल्लंघन गर्न पनि उक्साएको केउङले बताए।  

साथै उनीहरुले आइसोलेसनको नियम कानुन तोड्ने तथा गलत समाचार सम्प्रेषण गर्ने गर्थे। 

टाङले हङकङमा मिथ्या समाचारविरुद्ध लड्ने कुनै कानुन नभए पनि अन्य सबै नियमको प्रयोग गर्दै त्यसलाई नियन्त्रण गर्न सकेसम्मको प्रयास गरिरहेको बताएका छन्। 

बैशाख २८, २०७९, बुधबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .