हङकङमा सन् २०१९ मा सरकारले सार्वजनिक स्थलमा मास्कमा लगाएको प्रतिबन्ध उल्लंघन तथा ट्याक्सी चालकमाथि दुर्व्यवहारको मुद्दामा एक व्यक्तिलाई ३ वर्षको जेल सजाय सुनाइएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार ती व्यक्तिको दुर्व्यवहारको कारण ट्याक्सी प्रदर्शनकारीको भिडमाथि चढेको थियो।
मंगलबार हङकङको जिल्ला अदालतले एकाउन्टिङ कम्पनीमा मानव संसाधन व्यवस्थापकको रुपमा काम गर्ने चेउङ त्सज–लुङलाई ३ वर्षको जेल सजाय सुनाइएको हो।
यसअघि उनीमाथि दंगा फैलाएको, मानिसहरुलाई घाइते बनाएको र अवैधरुपमा आफ्नो अनुहार ढाकेको आरोपमा तीन मुद्दा चलाइएको थियो।
उनका साथै २५ वर्षीया शिक्षिका चुङ विङ–यीलाई पनि यसबारे मुद्दा चलाइएको थियो तर मुद्दाको कारबाही सुरु हुनुभन्दा पहिला नै उनको मृत्यु भएको थियो।
अदालतमा सुनुवाईको क्रममा चेउङले भने दुई मुद्दामा मात्र आफ्नो गल्ती स्वीकार गरेका थिए।
प्रतिक्रिया