हङकङमा ९ दिन पूर्ण लकडाउनको तयारी

हङकङमा ९ दिन पूर्ण लकडाउनको तयारी

नेपालखबर
फागुन १७, २०७८ मंगलबार १२:५५, काठमाडौँ

हङकङ सरकारले सबै मानिसको कोभिड–१९ को परीक्षणको समयमा सहरमा पूर्ण लकडाउन लगाउने तयारी गरेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार मार्चमध्यपछि कोरोना परीक्षणको क्रममा हङकङमा लकडाउनको तयारी गरिएको हो। 

सरकारको योजनाअनुसार मानिसहरुले तीनपटक कोरोना परीक्षण गराउनुपर्ने हुन्छ।

यसअघि १५ देखि २१ दिनमा कोरोना परीक्षण सकाउने तयारी गरिएको भए पनि अहिले यो समय ९ दिनमा झारिएको छ। त्यसैले उक्त ९ दिनको अवधिमा हङकङमा लकडाउन हुनेछ। 

यद्यपि लकडाउन कस्तो प्रकृतिको हुने भन्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी छ।

अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्ने मानिसहरुलाई लकडाउनमा छूट दिइनेछ। स्रोतले दिएको जानकारीअनुसार लकडाउनको क्रममा मानिसहरुलाई खाना खरिदका लागि पनि छूट दिने विषयमा छलफल भइरहेको छ।

सोमबार हङकङ प्रमुख क्यारी लामले सोमबार लकडाउनको विषयमा कुनै पनि निर्णय नभएको बताएकी थिइन्।

यद्यपि जानकारहरुले भने अहिले सरकार लकडाउन समग्र सहरमा एकैपटक लगाउने वा कोरोना परीक्षण हुने जिल्लाहरुलाई छुट्याएर सम्बन्धित जिल्लामा मात्र लकडाउन गर्ने विकल्पको विषयमा पनि छलफल भइरहेको छ।

विशेषज्ञहरुले हङकङमा कोरोना संक्रमण अहिलेकै गतिमा बढे संक्रमितको संख्या १० लाख नाघ्न सक्ने चेतावनी दिएका छन्।

अहिलेसम्म १ लाख ९० हजार संक्रमित फेला परिसकेका छन्। यसमध्ये अधिकांश संक्रमित पाँचौं लहरमा थपिएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .