गम्भीर समस्यामा हङकङको स्वास्थ्य सेवा, एम्बुलेन्सका लागि ३९ घण्टा कुर्छन् मानिसहरु

गम्भीर समस्यामा हङकङको स्वास्थ्य सेवा, एम्बुलेन्सका लागि ३९ घण्टा कुर्छन् मानिसहरु

नेपालखबर
फागुन १७, २०७८ मंगलबार ११:१२, काठमाडौँ

कोभिड–१९ को संक्रमण बढेसँगै अहिले हङकङको स्वास्थ्य सेवा गम्भीर समस्यामा देखिएको छ।

हङकङका मानिसहरु अहिले एउटा एम्बुलेन्सका लागि ३९ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था देखिएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार  पछिल्लो दुई दिनमा मात्र हङकङमा  एम्बुलेन्स ढिला हुने समय आधाले बढेको हो। यद्यपि समग्रमा एम्बुलेन्स आइपुग्ने समयमा भने केही सुधार आएको छ।

सोमबार राति हङकङको फायर सर्भिस डिपार्टमेन्टले दिएको जानकारीअनुसार १० मध्ये ३ जनामा मात्र इमर्जेन्सी कलमा एम्बुलेन्स १२ मिनेटभित्र पुग्ने गरेको छ। गत शनिबार केवल २३ दशमलव ३ प्रतिशत मानिसमा मात्र एम्बुलेन्स उक्त समयमा पुगेको थियो। 

सबैभन्दा लामो समय एम्बुलेन्सको प्रतीक्षा गर्नेले १ दिन १५ घण्टा कुरेका छन्। गत शनिबार पनि एम्बुलेन्सका लागि एक बिरामीले २६ घण्टासम्म कुर्नुपरेको थियो। फायर सर्भिसका लेउङ वाई–हुङका अनुसार आइतबार हङकङमा १७५ इमर्जेन्सी एम्बुलेन्सले सेवा प्रदान गरिरहेका थिए। यद्यपि यसले पनि माग भने धान्न सकेको छैन। 

हङकङमा ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै सार्वजनिक स्वास्थ्य सेवामा त्यसको गम्भीर असर परेको छ। बिरामीलाई अस्पताल पुर्‍याउन पनि धेरै ढिलो हुन थालेको छ।

सोमबार हङकङमा एकैदिन ३४ हजारभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका थिए। अघिल्लो दिनको तुलनामा हङकङमा कोरोनाका नयाँ संक्रमितको संख्या ३२ प्रतिशतले बढेको हो। 

गत वर्ष हङकङमा इमर्जेन्सी कलमा एम्बुलेन्स ९२ प्रशितभन्दा धेरैमा १२ मिनेटभित्र पुग्ने गरेका थिए। समग्रमा गत वर्ष ७ लाख १५ हजार इमेर्जेन्सी कल आएका थिए।

यद्यपि कोरोनाको पाँचौं लहर सुरु भएसँगै हङकङमा स्वास्थ्य संकट बढेको हो। यो लहरमा धेरै स्वास्थ्य सेवा कर्मचारीहरु पनि संक्रमित भएका छन्। यस्तोमा इमर्जेन्सी सेवाको लागि आउने कलको संख्या भने बढेको छ। 

धेरैले निकै समस्यामा पर्दा पनि एम्बुलेन्सको लागि कल गर्दा लामो समय प्रतीक्षा गर्नुपरेको गुनासो गरेका छन्। 

अधिकारीहरुले पनि कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका मानिसलाई एम्बुलेन्स नबोलाउन आग्रह गरेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .