हङकङले कोभिड–१९ का संक्रमितको लागि थप १० हजार होटल रुमको प्रयोग गर्ने भएको छ।
पछिल्लो समय कोरोना संक्रमण व्यापक मात्रामा फैलिएसँगै हङकङले यस्तो निर्णय गरेको हो।
स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका अुनसार मार्च महिनादेखि हङकङ कोरोना परीक्षण अनिवार्य बनाउने तयारी गरेको छ।
हङकङ प्रमुख क्यारी लामले कोरोना नियन्त्रणको लागि सहयोग गर्न पुनः अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन्।
हङकङमा गत फेब्रुअरीयता कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४० गुणा बढिसकेको छ। कोरोना संक्रमण बढेसँगै हङकङका विद्यालय, जिम, सिनेमा र सार्वजनिक स्थल अहिले बन्द छन्।
बुधबार चिनियाँ राष्ट्रपति सी चिनफिङले हङकङले कोरोना नियन्त्रणमा आफ्नो मुख्य जिम्मेवारी वहन गर्न आग्रह गरेका थिए।
त्यससँगै हङकङ प्रमुख लामले भनेकी छिन्, ‘म सरकार र होटल क्षेत्रबीच राम्रो समन्वय हुनेमा आशावादी छु, कम्तीमा १० हजार होटल रुम उपलब्ध गराइनेछ।’
बिहीबार हङकङमा करिब ५ हजार नयाँ संक्रमित थपिने अनुमान छ।
मार्चदेखि हङकङमा दैनिक १० लाख मानिसको कोरोना परीक्षण गर्ने तयारी छ।
कोरोना परीक्षण नगर्नेलाई १० हजार हङकङ डलरसम्म जरिवाना हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया