हङकङमा कार्यालय खोल्दै मोडेर्ना, एक हजारलाई रोजगारी दिने

हङकङमा कार्यालय खोल्दै मोडेर्ना, एक हजारलाई रोजगारी दिने

नेपालखबर
फागुन ४, २०७८ बुधबार १३:४८, काठमाडौँ

अमेरिकी फर्मास्युटिकल कम्पनी मोडेर्नाले हङकङमा आफ्नो कार्यालय खोल्ने भएको छ।

एसियामा आफ्नो उपस्थिति र स्वास्थ्य बजार विस्तारको लागि हङकङमा कार्यालय खोल्न लागिएको कम्पनीले बताएको छ। 

अमेरिकाको क्याब्रिजमा मुख्यालय रहेको कम्पनीले हङकङमा कार्यालय खोल्दा सुरुमा एक हजार मानिसलाई काममा राखिनेछ। 

मोडेर्नाका सीईओ स्टेफेन बान्सेलले हङकङको कार्यालयले कम्पनीको समग्र चीनको व्यापारको लागि यसले सहयोग पुर्‍याउने बताएका छन्।

उनले हङकङमा जनसंख्यीय विविधताका साथै बजारमा पनि उल्लेख्य वृद्धि हुन सक्ने सम्भावना रहेको बताएका छन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो समय एसियामा कोरोना भेरियन्टसहितको संक्रमण फैलिएको अवस्थामा मोडेर्नाले हङकङमा आफ्नो कार्यालय खोल्ने निर्णय गरेको हो। 

यसअघि नै मोडेर्नाले सिंगापुर, मलेसिया र ताइवानमा कार्यालय खोलिसकेको छ।

मोडेर्नाले आगामी दिनमा पनि कोरोना भाइरस नहराउने भएकाले पनि एसियामा आफ्नो शाखा विस्तार गर्नु जरुरी रहेको बताएको छ। 

मोडेर्नाले एमआरएनए प्रविधिमा आधारित रही कोरोना खोप बनाउँदै आएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .