हङकङले स्थायित्व र मानिसको जीवन रक्षालाई प्राथमिकतामा राख्नुपर्छः सी चिनफिङ

हङकङले स्थायित्व र मानिसको जीवन रक्षालाई प्राथमिकतामा राख्नुपर्छः सी चिनफिङ

नेपालखबर
फागुन ४, २०७८ बुधबार ९:३०, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले हङकङ सरकारले स्थायत्व र आफ्ना नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

बुधबार स्थानीय चीन समर्थित मिडियाले उल्लेख गरेअनुसार सीले हङकङ सरकारले कोरोना महामारी नियन्त्रण गर्ने आफ्नो मुख्य जिम्मेवारी जतिसक्दो छिटो पूरा गर्नुपर्ने बताएका हुन्।

उनले हङकङका मानिसहरुको जीवन रइाा र सुरक्षाका साथै समग्र समाजको स्थायित्वको लागि सरकारले आवश्यक सबै कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति सीले आफू हङकङको विषयमा चिन्तित रहेको पनि उल्लेख गरेका छन्। स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार चीनले महामारी नियन्त्रणको लागि प्रभावकारीरुपमा समन्वय गर्ने योजना बनाइरहेको छ। त्यसैबीच चिनियाँ राष्ट्रपतिको यस्तो भनाइ सार्वजनिक भएको हो। 

हङकङ अहिले कोभिड–१९ महामारीको पाँचौं लहरको सामना गरिरहेको छ। पाँचौं लहर निरन्तर बढ्दो क्रममा पनि देखिएको छ। मंगलबार हङकङमा कोरोनाका १ हजार ६१९ नयाँ संक्रमित थपिएका थिए। साथै मंगलबार हङकङमा ३ वर्षीया एक बालिकाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो। 

हङकङको अवस्थाबारे बोल्दै राष्ट्रपति सीले भनेका छन्, ‘अधिकारीहरुले सम्भव भएसम्मको सबै शक्ति र स्रोतको परिचालन गर्नुपर्छ, सबै आवश्यक कदम चाल्नुपर्छ र हङकङका मानिसको जीवन र स्वास्थ्यका साथै सामाजिक स्थायित्वको पनि रक्षा गर्नुपर्छ।’ 

‘सम्बन्धित केन्द्रीय र स्थानीय अधिकारीहरुले पूर्णरुपमा हङकङ सरकारको महामारी नियन्त्रणको प्रयासमा सहयोग र साथ दिनुपर्छ’, उनले थपे। 

यसअघि हङकङले बढ्दो महामारी नियन्त्रणका लागि भन्दै गुआङडोङ र बेइजिङसँग सहयोग मागेको थियो। सोही मागअनुसार अहिले हङकङमा कोरोना नियन्त्रणको लागि ठूलो संख्यामा परीक्षण बढाउने तथा सम्बन्धित स्थानमा लकडाउन गर्नेजस्ता योजना अघि सारिएको छ। 

दुई महिनाअघि मात्र चिनियाँ राष्ट्रपति सीले हङकङ प्रमुख क्यारी लामप्रति आफूलाई पूर्ण विश्वास रहेको र उनले हङकङमा कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सक्ने बताएका थिए।

अहिले बेइजङिमा शीतकालीन ओलम्पिक चलिरहेको छ तर कोरोना संक्रमण भने नियन्त्रणमा राखिएको छ। त्यसको ठीक उल्टो विभिन्न प्रयासका बाबजुद हङकङमा भने संक्रमण बढ्दो क्रममा छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .