हङकङमा एकैदिन थपिए कोरोनाका २ हजारभन्दा धेरै नयाँ संक्रमित

हङकङमा एकैदिन थपिए कोरोनाका २ हजारभन्दा धेरै नयाँ संक्रमित

नेपालखबर
फागुन २, २०७८ सोमबार १५:७, काठमाडौँ

पछिल्लो २४ घण्टामा हङकङमा कोभिड–१९ का २ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

कोरोना महामारी सुरु भएयता पहिलोपटक हङकङमा एकैदिन थपिएका नयाँ संक्रमितको संख्या २ हजार नाघेको हो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो २४ घण्टामा हङकङमा २ हजार ७१ नयाँ संक्रमित फेला परेका छन्।

त्यस्तै थप ४५ सय जनामा सम्भावित संक्रमित फेला परेका छन्। 

हङकङमा कोरोना दैनिक नयाँ संक्रमितको संख्या ५ दिनअघि मात्र पहिलोपटक १ हजार नाघेको थियो।

यससँगै हङकङमा कोरोनाका समग्र संक्रमितको संख्या २५ हजार ५१ पुगेको छ। 

मंगलबारदेखि हङकङमा ३ वर्षसम्मका बालबालिकाले पनि चिनियाँ कम्पनी सिनोभ्याकको कोरोना खोप लगाउन पाउनेछन्।

पछिल्लो समय कोरोना संक्रमण बढेसँगै सरकारले कोरोना खोप अभियानमा पनि तीव्रता दिएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .