हङकङको स्याहार केन्द्रमा क्वारेन्टिन एक सातामा झार्ने तयारी

हङकङको स्याहार केन्द्रमा क्वारेन्टिन एक सातामा झार्ने तयारी

नेपालखबर
फागुन २, २०७८ सोमबार १२:३५, काठमाडौँ

हङकङमा वृद्ध तथा अशक्त स्याहार केन्द्रमा बस्ने मानिस तथा त्यहाँका कर्मचारीलाई क्वारेन्टिनको अवधि घट्ने भएको छ।

हङकङका अधिकारीहरुले सोमबार अहिले सरकार त्यहाँको क्वारेन्टिनको अवधि छोट्याउने तयारीमा रहेको बताएका हुन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको स्याहार केन्द्रहरु छिटै नै पूर्ण क्षमताका साथमा सञ्चालन हुने तयारीमा रहेको अवस्थामा हङकङले यस्तो तयारी गरेको हो।

हङकङका श्रम तथा समाज कल्याणका सेक्रेटरी ल चि–क्वोङले आधिकारिक ब्लगमार्फत यस्तो जानकारी दिएका हुन्।

उनले सामाज कल्याण विभागले स्याहार केन्द्रमा बस्ने मानिस र कर्मचारीहरुलाई र्‍यापिड टेस्ट किटहरु प्रदान गरिन लागेको बताएका छन्। यसबाट उनीहरुले ३ दिनको अन्तरमा कोरोना परीक्षण गराउन सक्ने उनको भनाइ छ। 

क्वोङले भनेका छन्, ‘हामी संक्रमण नियन्त्रण र कोरोना महामारीसँग मात्र लडिरहेका छैनौं। यो प्रत्येकको जीवनसँग जोडिएको विषय हो। मलाई हामी सबै मिलेर यो युद्ध जित्न सक्छौं भन्ने लाग्छ।’ 

अहिले हङकङको स्याहार केन्द्रमा कोरोना संक्रमितको क्लोज कन्ट्याक्टमा रहेका मानिसहरु वा कर्मचारीले दुई साता क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ।

पछिल्लो समय हङकङमा कोरोना संक्रमण बढेसँगै त्यसको मार क्वारेन्टिन केन्द्रमा परेको छ। पछिल्लो केही दिनयता हङकङमा निरन्तर एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिइरहेका छन्।

क्वारेन्टिन केन्द्रको दबाब कम गर्न पनि क्वारेन्टिन अवधि घटाउने तयारी भइरहेको क्वोङको भनाइ छ। उनले स्याहार केन्द्रमा बस्ने मानिसहरु र उनीहरुका परिवारलाई पनि कोरोना खोप लगाउन आग्रह गरेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .