हङकङमा एकैदिन थपिए कोरोनाका १५ सय भन्दा धेरै नयाँ संक्रमित

हङकङमा एकैदिन थपिए कोरोनाका १५ सय भन्दा धेरै नयाँ संक्रमित

नेपालखबर
माघ २९, २०७८ शनिबार १३:३०, काठमाडौँ

हङकङमा पछिल्लो २४ घण्टामा १५ सयभन्दा धेरै जनामा कोभिड–१९ को नयाँ संक्रमण पुष्टि भएको छ।

हङकङ सरकारले शनिबार दिएको जानकारीअनुसार उक्त अवधिमा १५१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यसअघि शुक्रबार हङकङमा १३२५ जना नयाँ संक्रमित थपिएका थिए। शनिबार थपिएका नयाँ संक्रमितको संख्या कोरोना महामारी सुरु भएयताकै उच्च हो। 

यससँगै हङकङमा कोरोनाका समग्र संक्रमितको संख्या २० हजार ११९ पुगेको छ। अहिलेसम्म कोरोना संक्रमणको कारण २१६ जनाको मृत्यु भएको छ। 

यसैबीच हङकङका अधिकारी र बेइजिङका अधिकारीहरुको बीचमा शनिबार भेटवार्ता हुने भएको छ।

बेइजिङले कोरोना नियन्त्रणको लागि हङकङलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ। जसको लागि बेइजिङले हङकङका अधिकारीहरुसँग वार्ता गर्न लागेको हो। 

शेन्जेन सहरमा शनिबार उनीहरुको बीचमा वार्ता हुने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। हङकङले माग गरेअनुसारको सहयोग उपलब्ध गराउन बेइजिङ सकारात्मक देखिएको छ।

समाचारमा बनाइएअनुसार चीनले हङकङमा कोरोना खोप अभियान विस्तारको लागि पनि सहयोग गर्ने भएको छ। 

शुक्रबारको तथ्यांकअनुसार हङकङमा योग्य मानिसहरुमध्ये ८२.४ प्रतिशतले कोरोनाको पहिलो डोज खोप लगाइसकेका छन्।  त्यस्तै ७३.७ प्रतिशतले पूरा डोज खोप लगाएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .