शनिबारदेखि काठमाडौँ–हङकङ उडान रोक्का

शनिबारदेखि काठमाडौँ–हङकङ उडान रोक्का

नेपालखबर
माघ २८, २०७८ शुक्रबार १७:३३, काठमाडौँ

हङकङले शनिबारदेखि लागू हुनेगरी नेपालसँगको उडान रोक्का गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि हङकङले उडान प्रतिबन्धित गरेको मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको हो।

शुक्रबार सरकारले अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान फिलिपिन्स, बेलायत र अमेरिकामा लगाइएको उडान प्रतिबन्धलाई १४ दिनका लागि लम्ब्याउने निर्णय गरेको थियो। यी मुलुकबाट आउने उडानमाथि जनवरी ८ देखि रोक लगाइएको थियो।

नेपालबाट आएका यात्रीहरुमा कोरोना संक्रमण देखिएपछि फेब्रुअरी १२ को मध्यरातदेखि नेपालबाट आउने कुनै पनि यात्रुवाहक विमानलाई हङकङमा अवतरण गर्न निषेध गरिएको छ।

यो प्रतिबन्ध मार्च ४ सम्म रहनेछ।

त्यस्तै, गत १४ दिनमा नेपालमा दुई घण्टाभन्दा बढी समय बिताएको व्यक्तिलाई पनि हङकङमा विमानबाट उत्रिन दिइने छैन।

हङकङमा पछिल्लो २४ घण्टामा १३ सयभन्दा बढी संक्रमित फेला परेका छन्।


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .