कोरोनाविरुद्धको लडाइँमा हङकङलाई बेइजिङको साथ

कोरोनाविरुद्धको लडाइँमा हङकङलाई बेइजिङको साथ

नेपालखबर
माघ २८, २०७८ शुक्रबार ११:४७, काठमाडौँ

हङकङमा कोभिड–१९ नियन्त्रणको लागि बेइजिङले सहयोग गर्ने भएको छ।

हङकङमा उत्कृष्ट तरिकाबाट कसरी कोरोना संक्रमण नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा बेइजिङ र हङकङका अधिकारीहरुबीच वार्ता हुने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

बिहीबार राति बेइजिङको हङकङ र मकाउ हेर्ने कार्यालयले हङकङमा पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।

हङकङ अहिले कोरोना संक्रमणको पाँचौं लहरको सामना गरिरहेको छ। कार्यालयले आगामी दिनमा कोरोना संक्रमण नियन्त्रणको उपायको विषयमा छलफल गर्ने बताएको छ। 

चीनको बेइजिङस्थित स्रोतले दिएको जानकारी अनुसार बेइजिङले हङकङमा कोरोना संक्रमणविरुद्ध लड्न हजारौं मेडिकल सामग्रीहरु र लाखौं परीक्षण किट्स  प्रदान गर्न लागेको हो। 

बेइजिङका अधिकारीसँगको वार्ताको पहिलो चरणमा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिनको नियमलागतयका विषयमा छलफल हुनेछ।  

बेइजिङले सीमामा मानिसहरुको परीक्षण तथा व्यवस्थापनको लागि थप सुरक्षाकर्मी परिचालन गर्नेछ। साथै उनीहरुले सामग्रीहरु सीमा वारपार गराउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। 

केही समयअघि सेन्जेनमा हङकङ आउने तरकारी ट्रकका चालकलाई कोरोना संक्रमण पुष्टि भएसँगै आपूर्तिमा समस्या देखिएको थियो। 

हङकङ सरकारका निकट एक व्यक्तिले अहिले सरकार बेइजिङबाट आवश्यक सहयोगको सूची बनाइरहेको छ।

गत शुक्रबार हङकङ प्रमुख क्यारी लामले कोरोना परीक्षणको क्षमता अभिवृद्धि गर्न बेइजिङ र गुआङडोङसँग सहयोग माग्ने बताएकी थिइन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .