हङकङमा ५ महिनापछि कोरोना संक्रमणको कारण एकजनाको मृत्यु भएको छ।
हङकङको स्वास्थ्य नियामकहरुले दिएको जानकारीअनुसार मंगलबार कोरोना संक्रमण पुष्टि भएका एक वृद्धको मृत्यु भएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गम्भीर समस्याको सामना गरिरहेका ७३ वर्षीया एक व्यक्तिको मृत्यु भएको हो।
कोरोना संक्रमणको नयाँ लहरको सामना गरिरहेको अवस्थामा हङकङमा संक्रमणको कारण ५ महिनापछि एकजनाको मृत्यु भएको हो।
बुधबार हङकङमा एकैदिन १ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो दुई सातामा मात्र हङकङमा २ हजार ६०० भन्दा धेरै संक्रमित थपिएका छन्। गत डिसेम्बर महिनामा केवल २ जना कोरोना संक्रमित थपिएका थिए।
कोरोना महामारी सुरु भएपछि अहिलेसम्म हङकङमा १६ हजार ६०० संक्रमित थपिएका छन्।
त्यस्तै संक्रमणको कारण २१३ जनाको मृत्यु भएको छ। अन्य सहरको तुलनामा भने यो संख्या कम हो।
Shares

प्रतिक्रिया