हङकङमा एकैदिन कोभिड–१९ का १ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो २४ घण्टामा हङकङमा १ हजार १६१ नयाँ संक्रमित फेला परेका हुन्। यद्यपि यो संक्रमित संख्याको आधिकारिक पुष्टि हुन भने बाँकी छ।
कोभिड–१९ को महामारी सुरु भएयता पहिलोपटक हङकङमा कोरोनाका १ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन्।
बुधबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८ सय प्रारम्भिक संक्रमित थपिएका छन्।
मंगलबार हङकङमा कोरोनाका ६२५ नयाँ संक्रमित थपिएका थिए।
हङकङमा अहिलेसम्म कोरोनाका १६ हजार ६४७ संक्रमित फेला परेका छन्।
त्यस्तै संक्रमणको कारण २१३ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण बढेसँगै हङकङले नियन्त्रणको लागि अहिलेसम्मकै कडा भौतिक दुरीको नियम ल्याएको छ।
बिहीबारदेखि लागू हुने उक्त नियमअनुसार दुई घरभन्दा धेरै परिवार निजी स्थलमा भेला हुन पाउनेछैनन्।
प्रार्थनास्थल तथा सैलुनहरु बन्द रहनेछन्। त्यस्तै दुईजनाभन्दा धेरै मानिसको भेलामा पनि रोक लगाइएको छ।
Shares

प्रतिक्रिया