हङकङमा कोरोना नियन्त्रणका लागि अहिलेसम्मकै कडा नियम

हङकङमा कोरोना नियन्त्रणका लागि अहिलेसम्मकै कडा नियम

नेपालखबर
माघ २५, २०७८ मंगलबार ९:४७, काठमाडौँ

हङकङले कोभिड–१९ नियन्त्रणको लागि अहिलेसम्मकै सबैभन्दा कडा भौतिक दुरीको नियम लगाउने निर्णय गरेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङल ल्याएको ‘गतिशील शून्य संक्रमण’ को नयाँ रणनीतिअनुसार भौतिक दुरीको लागि अहिलेसम्मकै कडा नियम अघि सारिएको हो। 

समाचारमा उल्लेख गरिएअनुसार अब हङकङमा दुईजनाभन्दा धेरै मानिस भेला हुन नपाइने भएको छ।

मंगलबार आधिकारिकरुपमा घोषणा हुने अपेक्षा गरिएको नियमअनुसार मानिसहरुले अब सपिङ मलमा जाँदा ‘खोप पास’ देखाउनुपर्ने हुन्छ।

नयाँ नियम हङकङको कार्यकारी परिषद्ले पारित गर्नेछ। यद्यपि यो नियम सुरुमा सार्वजनिक यातायातमा भने खोप पासको नियम लगाइने छैन।

यसको कार्यान्वयन र मानिसहरुको आवागमनलाई ध्यानमा राख्दै सरकारले यसपटक सार्वजनिक यातायातमा भने खोप पासको नियम तत्काल लागू नगर्ने नीति लिएको हो। 

स्रोतले दिएको जानकारीअनुसार अब हङकङका रेष्टुरेन्टमा एउटा टेबलमा दुई जनाभन्दा धेरै मानिस बस्न नपाउने भएका छन्। यसअघि हङकङले सन् २०२० को जुलाईमा यति कडा किसिमको निया लगाएको थियो। 

मंगलबार साप्ताहिक ब्रिफिङमा बोल्दै हङकङ प्रमुख क्यारी लामले अब हङकङ ‘गतिशील शून्य संक्रमण नीति’ अनुसार अघि बढ्ने बताएकी छिन्। उनले हङकङले कोरोना संक्रमण नियन्त्रणको लागि चाल्दै आएको कदमको पनि बचाउ गरेकी छिन्। 

उनले मानिसहरुले सरकारलाई सहयोग गर्नुपर्ने र त्यसका लागि आफ्नो गतिविधि सीमित राख्दै घरमा नै बस्न मानिसहरुलाई उनले आग्रह गरेकी छिन्।

उनले अहिले हङकङले लगाएको कडा किसिमको नियमको कारण आर्थिक तथा सामाजिक हिसाबमा धेरै किसिमको समस्या उत्पन्न भएको गुनासो आइरहे पनि अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको संख्या भने सरकारको रणनीतिको कारण कम रहेको उनले सुनाइन्।

आर्थिक तथा सामाजिक समस्याभन्दा पनि मानिसको ज्यान बचाउनु महत्वपूर्ण कुरा रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .