जनावरबाट मानिसमा कोरोना सरेपछि हङकङमा २ हजार पाल्तु मुसा मारिने

जनावरबाट मानिसमा कोरोना सरेपछि हङकङमा २ हजार पाल्तु मुसा मारिने

कजवे बेको यही पाल्तु जनावर पसलबाट मानिसमा कोरोना सरेको पाइएको थियो


नेपालखबर
माघ ४, २०७८ मंगलबार १९:६, काठमाडौँ

जनावरबाट मानिसमा कोरोना भाइरस सरेको हुनसक्ने  भन्दै हङकङमा करिब २ हजार पाल्तु मुसा मारिने भएको छ। सरकारी अधिकारीहरुले पाल्तु जनावर पाइने पसलहरुलाई ती मुसा हस्तान्तरण गर्न  भनेका छन्।

त्यस्तै साना जनावर आयातमा पनि रोक लगाइएको छ। हङकङमा जनावरबाट मानिसमा कोरोना सरेको देखिएपछि सो कदम चालिएको हो। 

पाल्तु मुसाबाट लिइएका नमुनामध्ये ११ वटामा कोभिड–१९ पोजिटिभ देखिएको थियो। त्यस्तै दुई जना मानिसमा पनि संक्रमण देखिएको छ। कजवे बेमा रहेको एक ‘पेट सप’ बाट संक्रमण फैलिएको आशंकामा सो परीक्षण गरिएको थियो।

ती मुसालाई मार्नुअघि परीक्षण गरिने अधिकारीहरुले बताएका छन्। 

डिसेम्बर २२ पछि पाल्तु मुसा किनेका सबैले ती मुसा सरकारलाई बुझाउनुपर्ने कृषि, मत्स्यपालन र संरक्षण निर्देशक डा. लेउङ सिउफाइले बताए। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .