हङकङमा १ लाख डलर छाडेर भागेका भ्यान चालक खोज्दै प्रहरी

हङकङमा १ लाख डलर छाडेर भागेका भ्यान चालक खोज्दै प्रहरी

नेपालखबर
पुस ५, २०७८ सोमबार १४:६, काठमाडौँ

हङकङमा प्रहरीले आफ्नो भ्यानमा एक लाख हङकङ डलर छाडेर भाग्ने चालकको खोजी कार्य तीव्र बनाएको छ।

सडकको रेलिङमा ठोक्किएर भ्यान दुर्घटनामा परेपछि चालक त्यसमा रहेको पैसा छाडेर भागेका थिए। साउथ चाइना मर्निङ पोस्टका अनुसार आइतबार राति यौ माटीमा उक्त भ्यान दुर्घटनामा परेको हो। दुर्घटनामा भ्यान पनि क्षतिग्रस्त भएको छ। 

प्रहरी घटनास्थलमा पुग्नुभन्दा पहिला नै भ्यान चालक फरार भएका थिए। अहिलेसम्म प्रहरीमा भ्यान हराएको उजुरी पनि परेको छैन।

प्रहरीले भ्यानका मालिकलाई खोजिरहेको छ। सन् २०२१ को १० महिनामा हङकङमा सडक दुर्घटनामा परी ८४ जनाको मृत्यु भएको छ भने १५०८ जना मानिसहरु गम्भीर घाइते भएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .