‘हङकङको भविष्यको लागि चिनियाँ प्रजातान्त्रिक मोडल नै उत्कृष्ट’

‘हङकङको भविष्यको लागि चिनियाँ प्रजातान्त्रिक मोडल नै उत्कृष्ट’

नेपालखबर
पुस ५, २०७८ सोमबार १३:५४, काठमाडौँ

चीनले हङकङको विशेषतासहितको प्रजातन्त्र सहरको भविष्यको लागि उत्कृष्ट मोडल भएको बताएको छ। आधिकारिक श्वेतपत्र जारी गर्दै चीनले अहिले हङकङमा विकास गर्न खोजिएको ‘हङकङको विशेषतासहितको प्रजातन्त्र’ उत्कृष्ट मोडल भएको बताएको छ। चीन अहिले हङकङको नेतृत्वमा ‘देशभक्त’ नागरिकहरुलाई ल्याउने दिशामा अघि बढिरहेको छ। 

हङकङमा संसदीय परिषद् (लेगको)निर्वाचन भएको भोलिपल्ट चीनले हङकङबारे श्वेतपत्र सार्वजनिक गरेको हो। ‘एक मुलुक, दुई प्रणालीको कार्ययोजनामा हङकङको प्रजातान्त्रिक विकास’ शीर्षकमा यो श्वेतपत्र सार्वजनिक गरिएको हो। चीनले एक मुलुक दुई प्रणालीको नीति अनुसार हङकङ स्वायत्त अधिकार प्राप्त क्षेत्र हो।

उसले चीनको मातहतमा रहेर काम गर्दै आएको छ। चीनले सार्वजनिक गरेको श्वेतपत्रमा मेनल्याण्ड चीनमा आफ्नै किसिमको प्रजातान्त्रिक अभ्यास भइरहेको भए पनि हङकङले आफ्नो विशेषताअनुसारको प्रजातन्त्रको विकास गर्न सक्ने उल्लेख छ। यद्यपि उसले वास्तविक शर्त भने पालना गर्नुपर्ने बताइएको छ। 

चीनले हङकङको लागि ल्याएको राष्ट्रिय सुरक्षा कानुन र ‘देशभक्त’ नागरिकबाट नेतृत्वको नियमले हङकङमा कानुनी व्यवस्था र व्यावसायिक वातावरण बलियो हुने विश्वास व्यक्त गरेको छ। साथै हङकङमा सौहार्दपूर्ण समाज निर्माणमा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उक्त श्वेतपत्रमा उल्लेख छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .