हङकङको संसदीय परिषद्को निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवार विजयी

हङकङको संसदीय परिषद्को निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवार विजयी

नेपालखबर
पुस ५, २०७८ सोमबार १०:४७, काठमाडौँ

हङकङमा भएको संसदीय परिषद् (लेगको)को निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवारले जित हात पारेका छन्। अहिलेसम्मकै सबैभन्दा कम मतदान भएको निर्वाचनमा हङकङको स्वतन्त्रताप्रति केही झुकाव राख्ने उम्मेदवार पराजित भएका हुन्।

अहिलेसम्म हासिल भएको नतिजाले निर्वाचनमा सबैजसो बेइजिङ समर्थक उम्मेदवारले जित हात पार्न सक्ने देखाएको छ। बेइजिङ समर्थक गठबन्धनका नेता स्टारी लीले अहिले भएको निर्वाचनले हङकङको शासन प्रणालीमा सुधार हुने बताएका छन्।

उनले निकै कम मानिसले मात्र मतदान गर्नुले मानिसहरु निर्वाचन प्रणालीमा सहमत छैनन् भन्ने नदेखाउने बताए। उनका अनुसार हङकङमा मानिसहरुलाई अहिले ल्याइएको नयाँ प्रणालीलाई स्वीकार गर्न केही समय लाग्नेछ। 

हङकङमा चीनको देशभक्तको सूचीमा परेका मानिसहरुले मात्र निर्वाचनमा उठ्न पाउनेछन्। यो कानुनको केही नेता, अन्तर्राष्ट्रिय मुलुक र अधिकारवादी समूहले विरोध गर्दै आएका छन्।

हङकङको स्वतन्त्रता पक्षधर पार्टीले यो निर्वाचनमा सहभागिता जनाएको थिएन। उसले यो निर्वाचनमा कुनै पनि उम्मेदवार नपठाउने र यो निर्वाचन गैर–प्रजातान्त्रिक रहेको बताएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .