हङकङको संसदीय परिषद् निर्वाचनमा सबैभन्दा कम मतदान

हङकङको संसदीय परिषद् निर्वाचनमा सबैभन्दा कम मतदान

नेपालखबर
पुस ५, २०७८ सोमबार ९:२५, काठमाडौँ

हङकङको संसदीय परिषद् निर्वाचनमा इतिहासकै सबैभन्दा कम मतदान भएको छ। हङकङमा भएको संसदीय परिषद्को निर्वाचनमा केवल ३० दशमलव २ प्रतिशत मतदाताले भोट हालेका हुन्।

हङकङमा गत मार्च महिनामा पारित भएको प्रस्तावअनुसार संसदीय परिषद्को उम्मेदवार हुन ‘देशभक्त’ हुनुपर्ने व्यवस्थ लागू भएसँगै मनिसहरुको निर्वाचनमाथिको रुचि घटेको बीबीसीले उल्लेख गरेको छ। 

आलोचकहरुले उक्त प्रस्ताव पारित भएसँगै हङकङको प्रजातन्त्र पनि कमजोर बनेको बताउँदै आएका छन्। चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन ल्याएपछि हङकङमा पहिलोपटक निर्वाचन भएको हो। हङकङको लागि संसदीय परिषद् नयाँ कानुन बनाउन अथवा संशोधन गर्नको लागि शक्तिशाली निकाय हो। 

यो संसदीय परिषद्का ९० सिटमध्ये २० सिटमा प्रत्यक्ष निर्वाचित भएर आउने प्रतिनिधिहरु रहनेछन् भन् ४० जनालाई निर्वाचन कमिटिले मनोनित गर्नेछ। त्यस्तै ३० जना मानिसहरु विशेष स्वार्थ भएका व्यवसाय र व्यापारजस्ता समूहहरुले छान्नेछन्। 

यसअघि हङकङले ४५ लाख मतदाताहरुलाई सक्रियरुपमा मतदानमा सहभागी हुन आग्रह गरेको थियो। हङकङकी प्रमुख क्यारी लामले यसअघि मतदान नै नहुनुको कुनै अर्थ नहुने बताएकी थिइन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .