कर्मचारीको अभाव बढेसँगै ६० लाख डलरको ऋण योजना ल्याउँदै हङकङका सार्वजनिक अस्पताल

कर्मचारीको अभाव बढेसँगै ६० लाख डलरको ऋण योजना ल्याउँदै हङकङका सार्वजनिक अस्पताल

नेपालखबर
पुस २, २०७८ शुक्रबार ११:४०, काठमाडौँ

हङकङको सार्वजनिक अस्पतालले कर्मचारीहरुलाई लामो समयसम्म काममा राख्न नयाँ योजना ल्याउने तयारी गरेका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङका सार्वजनिक अस्पतालहरुले लामो समयसम्म सेवा प्रदान गर्ने कर्मचारीलाई ६० लाख हङकङ डलरसम्मको ऋण दिने योजना अघि सारेका हुन्। 

विश्वको सबैभन्दा महँगो सहरमध्येको एक रहेको हङकङमा कर्मचारीलाई सम्पत्ति खरिदको लागि अस्पतालहरुले ऋण दिने योजना अघि सारेका हुन्। 

अहिले ल्याइएको योजनाअनुसार अस्पतालमा तीन वर्षभन्दा लामो समयसम्म काम गर्ने कर्मचारीले यो योजनाको लागि आवेदन दिन पाउनेछन्। योजनाअनुसार बढीमा ६० लाख हङकङ डलरसम्मको ऋण पाउन सक्छन्। कर्मचारीहरुले तीनदेखि ४ वर्षमा आम्दानी गर्न सक्ने रकम बराबरको ऋण पाउनेछन्।

यसरी प्रदान गरिने ऋणको ब्याजदर एक प्रतिशत  रहनेछ र यो ऋण चुक्ता गर्ने अधिकतम समय २० वर्षको रहनेछ। अधिकारीहरुका अनुसार यो योजना आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिसम्म कार्यान्वयनमा आउनेछ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .