हङकङमा नेपाल वायु सेवा निगमको जहाजलाई पुनः प्रतिबन्ध लगाइएको छ।
नेपालबाट गएका ४ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ सरकारले निगमको जहाजलाई प्रतिबन्ध लगाएको हो।
डिसेम्बर १४ तारिख मंगलबारको उडानमा नेपालबाट गएका २४ देखि ७६ वर्ष उमेरबीचका २ पुरुष र २ महिला गरी ४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
नेपाल वायुसेवा निगमद्वारा सञ्चालित निगमको जहाजबाट हङकङ आएका यात्रुमध्ये अराइभल टेस्टिङ गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको त्यहाँको स्वास्थ्य विभागले पुष्टि गरेको छ।
हङकङ सरकारले उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि निगमको जहाज लाई १६ देखि २९ डिसेम्बरसम्म नेपालबाट यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो।
हङकङमा स्थानीय कोरोना केस शून्य छ। तर, नेदरल्याण्ड, जापान, नेपाल, बेलारुस, इन्डोनेसिया, जर्मनी र केन्या, युएई, भारत, युक्रेनबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको सेन्टर फर हेल्थ प्रोटेक्सनले जनाएको छ।
Shares
प्रतिक्रिया