हङकङबाट दैनिक ३ हजारले क्वारेन्टिन नबसी चीन भ्रमण गर्न पाउने

हङकङबाट दैनिक ३ हजारले क्वारेन्टिन नबसी चीन भ्रमण गर्न पाउने

नेपालखबर
पुस १, २०७८ बिहिबार १३:५९, काठमाडौँ

हङकङसँगको चीनको सीमा खुलेसँगै दैनिक ३ हजार मानिसले क्वारेन्टिनमा नबसी चीन भ्रमण गर्न पाउन सक्ने भएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार यसअघि दैनिक १ हजार मानिसलाई विना क्वारेन्टिन मेनल्याण्ड चीन भ्रमणको लागि अनुमति दिइने अनुमान थियो।

तर, दैनिक ३ गुणा बढीको कोटा प्रणालीमा हङकङबाट मानिसहरु चीन भ्रमणमा जान पाउने तयारी गरिएको हो। 

स्रोतका अनुसार यसबारे अन्तिम निर्णय भने चीनको कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर लिइनेछ। पछिल्लो केही समययता चीनको गुआङडोङ प्रान्तमा संक्रमण फैलिरहेकाले यसको असर हङकङसँग सीमा खोल्ने विषयमा पर्न सक्ने समाचारमा उल्लेख छ।

हङकङबाट चीन जाने कोटा प्रणालीमा व्यवसायीहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ। लामो समयदेखि हङकङको मेनल्याण्ड चीनसँगको सीमा बन्द हुँदा ठूलो आर्थिक नोक्सानी भइरहेको भन्दै सबैभन्दा पहिला व्यवसायीलाई भ्रमणमा प्राथमिकता दिइएको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .