विशेषज्ञ भन्छन्– हङकङमा छिटै नै बुस्टर डोज दिनु जरुरी छ

विशेषज्ञ भन्छन्– हङकङमा छिटै नै बुस्टर डोज दिनु जरुरी छ

नेपालखबर
मंसिर २७, २०७८ सोमबार १३:४१, काठमाडौँ

हङकङमा कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज दिएपछि बुस्टर डोजको लागि पर्खिने समय घटाउनुपर्नेमा विशेषज्ञहरुले जोड दिएका छन्।

कोभिड–१९ को ओमिक्रोन भेरियन्टबाट सुरक्षित रहनका लागि बुस्टर डोज आवश्यक रहेको भन्दै उनीहरुले छिटोभन्दा छिटो बुस्टर डोज दिनु आवश्यक रहेको बताएका हुन्। हङकङका शीर्ष अधिकारी डेभिड हुई शु–चोओङले बायोएनटेकले विकास गरेको कोरोना खोपको प्रभावकारिता ओमिक्रोन भेरियन्टमा ३२ गुणासम्मले घट्ने बताएका छन्।

खोपबारे गरिएको अध्ययनमा यस्तो तथ्य फेला परेको हो।​ सिनोभ्याकको खोप यसअघि नै बायोएनटेकको खोपभन्दा कम प्रभावकारी देखिएको थियो।

यद्यपि ओमिक्रोनमा यो खोपले कस्तो काम गर्छ भन्ने अझै स्पष्ट हुन सकेको छैन। बुस्टर डोज दिँदा भने बायोएनटेकको खोप ७५.५ प्रतिशत प्रभावकारी पाइएको थियो। दुई डोज मात्रै दिँदा भने ओमिक्रोनविरुद्ध यो खोप केवल ४८.५ प्रतिशत प्रभावकारी पाइएको थियो। 

ओमिक्रोन आउनुभन्दा अघि दोस्रो डोज खोप लिएपछि ६ महिनासम्म  प्रतीक्षा गर्नुलाई सामान्य मान्न सकिए पनि अब भने यो समय घटाउनुपर्ने विशेषज्ञहरुले बताएका छन्। बेलायतले यसअघि नै सकेसम्म छिटो बुस्टर डोज दिन थालिसकेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .