हङकङका चर्चित मिडिया सञ्चालक जिम्मी लाई लाई १३ महिनाको जेल सजाय सुनाइएको छ। चीनविरुद्ध प्रदर्शन गरेको आरोपमा उनलाई उक्त सजाय सुनाइएको हो।
उनले चीनको बेइजिङमा भएको टियानमेन दमनको वार्षिक अवसरमा गत वर्ष भएको प्रदर्शनमा भाग लिएका थिए। ७४ वर्षीय जिम्मीलाई गत साता गैरकानुनी सभामा भाग लिएको र अन्य मानिसलाई पनि भड्काएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो।
यो प्रदर्शनमा सामेल हुन सरकारले प्रतिबन्ध लगाएको थियो। यद्यपि यसमा हजारौं मानिसहरु सहभागी भएका थिए। हङकङका दुई दर्जनभन्दा धेरै नेता तथा अभियन्तालाई यो मुद्दा लगाइएको छ।
सोमबार जिम्मीसहित अन्य सात जनालाई पनि सजाय सुनाइएको थियो। सजाय पाउनेमा विपक्षी नेता बनेका ग्वेनेथ हो र वकिल चो हेङ टङ पनि सामेल छन्।
जिम्मी यसअघि नै अन्य विभिन्न मुद्दामा सजाय काटिरहेका छन्। उनी हङकङका एप्पल डेल्ली न्युजपेपरका संस्थापक हुन्। यद्यपि यो पत्रिका अहिले बन्द भइसकेको छ। उनी प्रजातान्त्रिक आन्दोलनका प्रमुख समर्थकमध्येका एक हुन्।
Shares

प्रतिक्रिया