हङकङमा अमेरिकी किशोरलाई बलात्कारको मुद्दामा सफाइ

हङकङमा अमेरिकी किशोरलाई बलात्कारको मुद्दामा सफाइ

नेपालखबर
मंसिर २५, २०७८ शनिबार १३:१५, काठमाडौँ

हङकङको एक अदालतले अमेरिकी किशोरलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ। १७ वर्षीय किशोरलाई १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा अदालतले सफाइ दिएको हो।

गत महिना बालिकाले हङकङको अदालतमा विद्यालयमा सँगै पढ्दा बलात्कार गरेको आरोप लगाएकी थिइन्। बालिकाले सन् २०१९ को अप्रिल र जुनको बीचमा किशोरले आफूमाथि बलात्कार गरेपछि विद्यालय परिवर्तन गरेको बताएकी थिइन्। 

यद्यपि हङकङको इस्टर्न ल अदालतले बालिकाको व्यवहार अस्थिर देखिएको र उनीमाथि विश्वास गर्न सकिने आधार नभएको भन्दै किशोरलाई लगाइएको चारवटै मुद्दामा सफाइ दिने फैसला सुनाएको हो। 

बालिकालाई उनको एक साथीले मुद्दा लड्न सहयोग गर्ने गरेको भन्दै उनीमाथि विश्वास गर्न सकिने अवस्था नरहेको अदालतले बताएको छ। अदालतले किशोरले पेश गरेको प्रमाण कुनै शंकास्पद नरहेको भन्दै किशोरलाई वकालतको खर्च पनि बुझाउन मुद्दाको वादीलाई निर्देशन दिएको छ।

गोपनीयताको नियमको कारण विद्यालय र आरोपीको नाम भने सार्वजनिक गरिएको छैन। अदालतले बालिकामा मानसिक समस्या रहेको हुन सक्ने बताएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .