हङकङमा पैदलयात्रीमाथि कार चल्दा ८ जना घाइते, चालक पक्राउ

हङकङमा पैदलयात्रीमाथि कार चल्दा ८ जना घाइते, चालक पक्राउ

नेपालखबर
मंसिर २५, २०७८ शनिबार १०:५७, काठमाडौँ

हङकङको सोहोमा एउटा कार पैदलयात्रीहरुमाथि चल्दा ८ जना मानिसहरु घाइते भएका छन्। जसमध्ये दुईजनाको अवस्था गम्भीर छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार शुक्रबार राति सोहोस्थित व्यस्त सडक पील स्ट्रिटमा  उक्त कार पैदलयात्रीमाथि चढेको हो। प्रहरीले कार चालक ४४ वर्षीया महिलालाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार पार्किङमा राखेका कार आफैं करिब १०० मिटरसम्म पछि हट्दै पैदलयात्रुहरुलाई ठक्कर दिएको थियो। रातको करिब ८ बजे यो घटना घटेको हो। घटनास्थल हङकङको व्यस्त बार र रेष्टुरेन्ट अगाडि पर्छ। प्रहरीका अनुसार यो घटनामा घाइते भएकाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार कार चालक महिलाले कार पार्किङमा राख्दा ह्याण्डब्रेक लगाउन बिर्सेकाले कार आफैं ओरालोतर्फ ब्याक गएको हुन सक्ने बताएकी छिन्। करिब १०० मिटर पछि हटेको कार पर्खालमा ठोक्किएर क्षतिग्रस्त भएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .