सोमबार राति साढे १२ बजे एक २२ वर्षका युवकमाथि चक्कु प्रहार भएको हो। चक्कु प्रहार भएका युवक गम्भीर घाइते भएको एससीएमपीले उल्लेख गरेको छ।
प्रहरीका अनुसार ती युवक यु हिङ सडक हुँदै आफ्नो कारमा घर फर्किरहेका थिए। त्यस बखत् यु टुङ स्टेट अगाडि दुई अन्य कारले उनको कारलाई ठक्कर दिएको थियो।
त्यसपछि दुई कारबाट चार नकाबधारी व्यक्ति चक्कुसहित निस्किएका थिए। उनीहरुले युवकलाई चक्कु प्रहार गरी आफ्नै कारमा फरार भए।
प्रहरीले नकाबधारी चक्कु प्रहार गर्ने व्यक्तिहरुको खोजी कार्यलाई तिब्रता दिएको जनाएको छ। चक्कु प्रहार किन गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
घाइतेको हाल अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया