चिनियाँ राष्ट्रपति सिले हङकङकी कार्यकारी प्रमुखको प्रशंसा गरे

चिनियाँ राष्ट्रपति सिले हङकङकी कार्यकारी प्रमुखको प्रशंसा गरे

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ११:३९,

सोमबार चीनको सांघाइमा भएको भेटमा सिले क्यारी लामको प्रशंसा गरेको एससीएमपीले जनाएको छ।

हङकङमा सरकारविरुद्धको प्रदर्शनका बिच क्यारी लामले स्थायित्व ल्याउन गरेको मिहिनेत प्रशंसनीय भएको सिले बताएका हुन्।

साथै सिले आफूले लामलाई पूर्ण रुपमा विश्वास गरेको पनि बताएका छन्।

हङकङमा गत जुन महिनाबाट आन्दोलन जारी छ। आन्दोलन सुरु भययता सि र लामबीचको यो नै पहिलो औपचारिक भेटवार्ता हो।

सिले भनेका छन्,‘केन्द्र सरकारले क्यारी लामलाई पुरा विश्वास गरेको छ। हामीले समुदायसँग छलफल गरेर उनीहरुको अवस्था सुधार गर्न ध्यान दिनुपर्छ।’

हङकङको कार्यकारी प्रमुख पदबाट क्यारी लाम हट्ने हल्लापछि लाम र सिबीच भेटवार्ता भएको हो।

उक्त वार्तामा हङकङका नागरिकले एक देश दुई प्रणालीलाई वेवास्ता नगर्नेमा आफू विश्वस्त रहेको सिले बताएका थिए।

Chinese President Xi Jinping meets with Carrie Lam in Shanghai on November 4. Photo: Xinhua

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .