फ्ल्याट खरिदमा जालसाझी गरेका हङकङका पूर्व प्रहरीलाई सात वर्षको जेल

फ्ल्याट खरिदमा जालसाझी गरेका हङकङका पूर्व प्रहरीलाई सात वर्षको जेल

नेपालखबर
मंसिर २, २०७८ बिहिबार १०:४८, काठमाडौँ

हङकङका वरिष्ठ पूर्व प्रहरी अधिकारीलाई अदालतले सात वर्षको जेल सजाय सुनाएको छ। उनले फ्ल्याट खरिद गर्दा झुक्याएर करिब ६० लाख हङकङ डलर बराबरको ऋण लिएको आरोप छ।

अदालतले उनलाई धोकाधडीको मामिलामा दोषी ठहर गरेको हो। लुङ सिउ–चुएन नाम गरेका पूर्व सुपरीटेन्डेन्टलाई हङकङको एक जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो। अब उनले ३५ लाख हङकङ डलर गुमाउनेछन् भने मासिक ६० हजार हङकङ डलरको पेन्सन पनि गुम्नेछ। 

सन् २०१६ मा उनले सरकार र एचएसबीसीबाट करिब ६० लाख हङकङ डलरबराबरको ऋण लिएका थिए। उनले लिएको कर्जाको शर्तअनुसार उनले त्यो घर नाफा वा भाडाको पाउँदैनथे।

यद्यपि उनले घर खरिद गरेपछि दुईजनालाई उक्त फ्ल्याट भाडामा दिए र दुई वर्षमा ११ लाख ६० हजार हङकङ डलर आर्जन गरे। 

उनले एचएसबीसीबाट ऋण निकाल्दा पनि सम्पत्तिको मूल्यांकनमा धोकाधडी गरेको अदालतको ठहर छ। लुङ सिउ–चुएनले भने आफ्नो उद्देश्य धोका दिनु नरहेको बताएका छन्।

आफूले ऋण आफ्नी श्रीमतीको माध्यमबाट लिएको र आफूले हस्ताक्षर मात्र गरेकाले यससम्बन्धी प्रावधान आफूलाई थाहा नभएको बताएका छन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .