कोरोना संक्रमण नियन्त्रणका लागि एयरपोर्टमा यात्रुहरुलाई छुट्टै राख्ने हङकङको तयारी

कोरोना संक्रमण नियन्त्रणका लागि एयरपोर्टमा यात्रुहरुलाई छुट्टै राख्ने हङकङको तयारी

नेपालखबर
कात्तिक १७, २०७८ बुधबार १४:३०, काठमाडौँ

हङकङले कोभिड–१९ नियन्त्रणको लागि चीनबाट आउने र बाहिरबाट आउने यात्रुहरुलाई घुलमिल हुन नदिने तयारी गरेको छ।

त्यसका लागि एयरपोर्टमा दुई छुट्टाछुट्टै क्षेत्र बनाइने तयारी सुरु भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार अहिलेयम्म यो प्रस्ताव पारित भइसकेको छैन।

तर, हङकङको एयरपोर्टले भने नोभेम्बर १० बाट यसरी एयरपोर्टलाई दुई भागमा विभाजन गर्ने गरी तयारी सुरु गरिसकेको बताएको छ।

हङकङले मुलुकमा कोरोना संक्रमणलाई शून्यमा झार्ने योजनामा अघि बढिरहेको छ। सोही नीतिअनुसार एयरपोर्टलाई दुई भागमा विभाजनको प्रस्ताव अघि सारिएको हो। 

हङकङको एयरपोर्टले सरकारको निर्देशिकाअनुसार कोरोना संक्रमण नियन्त्रणको क्षेत्रमा काम भइरहेको बताएको छ।

हङकङले अहिले अघि सारेको योजनाले आगामी दिनमा अन्तर्राष्ट्रिय सीमा खोल्नका लागि पनि सहयोग पुग्न सक्ने जानकारहरुले बताएका छन्।

उनीहरुका अनुसार आगामी दिनमा हङकङले जोखिम धेरै भएका मुलुकबाट आउनेलाई छुट्टै राखेर अन्तर्राष्ट्रिय सीमा खोल्न यसले सहयोग पुग्न सक्ने जानकारहरुको भनाइ छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .