हङकङका नागरिकलाई क्वारेन्टिनको नियम हटाउँदै चीन

हङकङका नागरिकलाई क्वारेन्टिनको नियम हटाउँदै चीन

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार १०:१०, काठमाडौँ

अब हङकङका नागरिकलाई मेनल्याण्ड चीन भ्रमणमा जाँदा क्वारेन्टिनमा बस्न नपर्ने भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार डिसेम्बरसम्ममा  यो नियम लागू हुनेछ । बिस्तारै सीमा खोल्ने क्रममा चीनले हङकङका नागरिकका लागि यस्तो नियम ल्याएको हो। 

यद्यपि गुआङडोङको भ्रमणमा जानेको संख्या भने सीमित तोकिएको छ। यस विषयमा मेनल्याण्ड चीनका अधिकारीहरुले हङकङका नागरिकलाई भ्रमणको लागि निश्चित कोटा तोकिने र यस्तै नियमको लागि हङकङ सरकारसँग प्रस्ताव गरिएको बताएका छन्। हङकङले पनि चीनको जस्तै प्रणाली अपनाउनुपर्ने चीनको प्रस्ताव छ।

यो प्रस्ताव पारित भएको अवस्थामा मेनल्याण्ड चीन र हङकङबीच एकअर्कामा क्वारेन्टिनको नियम हट्नेछ। 

हङकङका मानिसहरुले वैध स्वास्थ्य कोड देखाएर गुआङडोङ प्रान्तका अन्य सहरमा शेन्जेन हुँदै जान पाउँछन्। यद्यपि सुरुवाती चरणमा यसरी जाने मानिसको संख्या पनि निश्चित संख्यामा तोकिएको छ। 

मेनल्याण्ड चीनसँगको सीमा खोल्नको लागि दुवै पक्षबीच भएको चरणबद्ध वार्तापछि अर्को महिनादेखि हङकङका नागरिकलाई लगाइएको प्रतिबन्ध हट्न सक्ने देखिएको हो। 

हङकङका धेरै मानिसहरु व्यावसायिक तथा व्यापारिक हिसाबमा मेनल्याण्ड चीनसँग जोडिएकाले पनि हङकङलाई चीनसँगको सीमा खोल्न दबाब सिर्जना हुँदै आएको थियो। 

मेनल्याण्ड चीनको स्रोतका अनुसार हङकङ र चिनियाँ अधिकारीहरुबीच अर्को एक चरणको वार्ता हुनेछ, जसले क्वारेन्टिनरहित यात्रा कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्नेछ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .