दुई ग्याङबीच झडप भएपछि हङकङमा १५ जना पक्राउ

दुई ग्याङबीच झडप भएपछि हङकङमा १५ जना पक्राउ

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १८:२४, काठमाडौँ

दुई आपराधिक ग्याङबीच भएको झडपपछि संगठित अपराधमा संलग्नताको आशंकामा १५ जनालाई हङकङ प्रहरीले गिरफ्तार गरेको छ। 

झडपका क्रममा सिम सा सुइमा करिब ४० ग्याङस्टरले तीन वटा कारलाई घेरा हालेका थिए। गत बिहीबार रातिको सो घटनापछि प्रहरीले विभिन्न स्थानमा छापा मारेर उनीहरुलाई पक्रेको हो।

प्रहरीले सुन यी ओन नामक आपराधिक समूहका नाइके र उनका सहयोगीहरुको खोजी गरिरहेको स्रोतले जनायो। 

बिहान साढे तीन बजेतिर अब्जरभेटरी रोडमा वु सिङ वु ग्याङको नियन्त्रणमा रहेको भट्टीमा बाउन्सरहरुले सुन यी ओन ग्याङका सदस्यलाई प्रवेश गर्न नदिएपछि सो झडप सुरु भएको थियो। 

उनीहरुले सवारी समेत तोडफोड गरेका थिए, 

पक्राउ परेका १५ जना नै जमानतमा रिहा भएका छन्। यद्यपि उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। एससीएमपी


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .