हङकङमा आइतबार ल्याम्बोर्गिनी कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
ताइपोको ब्राइड पुल रोडमा भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जनाको अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा अन्य चारजना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको हङकङ प्रहरीका प्रवक्तालाई उधृत गर्दै एससीएमपीले जनाएको छ।
आइतबार राति करिब १० बजे उत्तरी हङकङको सडकमा ल्याम्बोर्गिनी र अन्य दुई कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटना ट्राफिक दुर्घटनाहरूका लागि हङकङमा कुख्यात मानिने ताईपोको ब्राइड्स पूल रोडमा रहेको लोकप्रिय बारबेक्यू क्षेत्र नजिक भएको थियो। दुर्घटनापछि आएका एक मोटरसाइकल चालक पनि घाइते भएका छन्।
कात्तिक १४, २०७८, आइतबार
प्रतिक्रिया