हङकङले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर–बायोएनटेकले विकास गरेको कोरोना खोप लगाउने अनुमति दिने तयारी गरेको छ।
हङकङको कोरोना खोप अभियानका विशेषज्ञ इभान हङ फानगाईले अब छिटै नै फाइजरको खोप पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिइने बताएका हुन्।
फानगाईले शनिबार हङकङ प्रमुख क्यारी लामसँग भेटवार्ता गर्दैछन्। यो भेटको क्रममा उनीहरुबीच बालबालिकालाई कोरोना खोप दिने विषयमा छलफल हुनेछ।
शुक्रबार अमेरिकाको फुड एण्ढ ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजरको खोप बालबालिकामा लगाउनका लागि अनुमति दिएको थियो।
यो खोप बालबालिकाहरुको लागि सुरक्षितका साथै प्रभावकारी पनि देखिएकाले कोरोना संक्रमण नियन्त्रणको लागि यो खोप उपयुक्त हुने फानगाईको भनाइ छ।
यो खोपले अनुमति पाए वयस्क मानिसको तुलनामा बालबालिकालाई एक पटकमा एक तिहाइ डोज दिए पुग्छ। फानगाइका अनुसार शनिबार हुने बैठकमा तीन वर्षसम्मका बालबालिकालाई पनि कोरोना खोप दिने विषयमा पनि छलफल हुनेछ।
त्यस्तै हङकङमा दुई डोज कोरोना खोप लिइसकेका मानिसहरुलाई पनि बुस्टर खोप दिने विषयमा पनि छलफल हुने फानगाइको भनाइ छ।
प्रतिक्रिया