हङकङमा पछिल्लो समय लगाइएको क्वारेन्टिनको नीतिको चर्को आलोचना भएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले कोरोनामुक्त भएका मानिसलाई पनि दुई साता क्वारेन्टिनको नियम लगाएसँगै त्यसको आलोचना भएको हो।
हङकङका वरिष्ठ स्वास्थ्य विशेषज्ञहरुले समग्र समुदायको चासोको विषयमा भन्दै यो नीतिको आलोचना गरेका हुन्।
गत शुक्रबार हङकङ युनिभर्सिटीका महामारीविद् बेन्जामिन काउलिङले क्वारेन्टिनको नयाँ नियम उचित नभएको भन्दै पत्र लेखेका थिए।
यद्यपि हङकङकी स्वास्थ्यमन्त्री सोफिया चानले भने काउलिङको आलोचना त्रुटिपूर्ण आधारमा गरिएको बताएकी छिन्। उनले कोरोना संक्रमण बढ्न सक्ने कुनै पनि जोखिम स्वीकार्य नहुने बताएकी छिन्।
उनले सरकार समुदायमा कोरोना संक्रमण न्यूनीकरणतर्फ अघि बढिरहेको र क्वारेन्टिनको नियम थप खुकुलो बनाउनु सरकारको नीतिविरुद्ध हुने उनको भनाइ छ। केही दिनअघि मात्र हङकङले क्वारेन्टिनको नियम परिवर्तन गरेको छ।
Shares
प्रतिक्रिया