हङकङमा नयाँ फिल्म सेन्सरसिप कानुन

हङकङमा नयाँ फिल्म सेन्सरसिप कानुन

नेपालखबर
कात्तिक ११, २०७८ बिहिबार ७:४०, काठमाडौँ

हङकङको संसद्ले फिल्म सेन्सरसिप कानुन पारित गरेको छ। चीनले हङकङका लागि ल्याएको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन नहुने गरी फिल्म सेन्सरसिप कानुन ल्याइएको हो।

अहिले ल्याइएको कानुन उल्लंघन गर्नेलाई तीन वर्षसम्मको जेल सजाय र १ लाख ३० हजार डलरसम्मको जरीवाना हुने व्यवस्था गरिएको छ। 

गत वर्ष हङकङमा राष्ट्रिय सुरक्षा कानुन ल्याइएको थियो। यो नियमअनुसार हङकङमा चीन विरोधी गतिविधिमा रोक लगाइएको थियो।

सन् २०१९ मा हङकङमा भएको प्रजातन्त्रको पक्षधरको आन्दोलनपछि चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन ल्याएको हो। चीनले हङकङको स्थायित्वको लागि यो कानुन महत्वपूर्ण हुने बताउँदै आएको छ।

पश्चिमा मुलुकले भने हङकङको प्रजातन्त्र पक्षधरको आन्दोलन कमजोर पार्न यो कानुन ल्याएको आरोप लगाउँदै आएका छन्।

नयाँ कानुनअनुसार यसअघि हङकङमा भएको आन्दोलनमा सहभागी हुने केही मानिसले जेल सजाय पनि पाइसकेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .