हङकङ प्रदर्शनः बमको आशंकामा बम डिस्पोजल रोवटको प्रयोग

हङकङ प्रदर्शनः बमको आशंकामा बम डिस्पोजल रोवटको प्रयोग

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ११:३०,

आज प्रर्दनकारीका कारण हङकङमा १४ एमटीआर स्टेसन बन्द भएको एससीएमपीले जनाएको छ।

प्रदर्शनकारीले याउ मा टेइ एमटीआर स्टेसनको बाहिर पस्ने र निस्कने स्थानमा आगजनी गरेका थिए।

उनीहरुले मङ कक, डुन्दास स्ट्रीट, साम सुई पो, लाइ किङजस्ता क्षेत्रका पसलहरु तोडफोड गरेका थिए।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनको लागि अश्रु ग्याँसको प्रयोग गरेका थिए।

प्रहरीमाथि पेट्रोल बम प्रहार भएको खबरहरु पनि सार्वजनिक भएका छन्।

मङककको एक चिनियाँ औषधी पसल प्रदर्शनकारीले पूर्ण रुपमा तोडफोड गरेका छन्। मङककस्थित लाङ्घाम प्लेसमा प्रदर्शनकारीले आगजनी गरेको जनाइएको छ।

एससीएमपीका अनुसार प्रदर्शनकारीले बम राखेको आशंकामा आज हङकङका विभिन्न स्थानमा बम डिस्पोजल रोवटको प्रयोग गरिएको थियो।

यद्यपी बम भने नभेटिएको जनाइएको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .