Nepal Khabar TV


माया गर्नु सबैभन्दा गाह्रो चिज रहेछ : विप्लव प्रतीक (भिडिओ)


नेपालखबर
असार १६ , काठमाडौँ

म उसको बह बुझुँ, तर उसले चालै नपाओस्
मैले हिफाजत गरेको उसले पत्तै नपाओस्
माया अब कसैसँग गर्न मन छैन
माया मात्र अब महसुस गर्न मन छ...

यो कवि विप्लव प्रतिकको चर्चित कविता हो । सामाजिक सञ्जालमा पनि यसका क्लिपहरू भाइरल छन्। विप्लवले २९ वर्षको उमेरमा बिहे गरे। १४ वर्षसम्म श्रीमतीसँगै बसे। त्यसपछि अहिले सिंगल छन्। हामीले सोध्यौँ– ‘यो कविता लेखिसकेपछि कसैसँग माया बस्यो कि बसेन?’

‘गरियो होला, गरेँ भनौँ न,’ विप्लवले भने, ‘तर यो कविता लेखिसकेपछि धेरै लामो अन्तरालसम्म त्यो चिजतिर मेरो कुनै पनि ध्यान गएन।  अहिले पनि छैन। किनभने प्रेम केटाकेटीबीच आई लभ यु भनेर, सँगै कतै घुम्न गएर, डिनर गरेर, इन्टिमेट रिलेसन राखेर हुने होइन रहेछ। यसको मतलब यस्तो नगर्नु भनेर कसैलाई भन्ने कुरा पनि भएन। आ–आफ्नो रियलाइजेसन हो। त्यसकारण इट्स द मोस्ट डिफिकल्ट थिङ टु लभ। यो कविता लेखिसकेपछि मलाई त्यस्तै फिल भयो।’

‘डिभोर्सपछि लेख्नुभएको हो यो कविता?’

विप्लव फेरि कड्किन्छन् र उल्टै प्रश्न गर्छन्– ‘डिभोर्स कसको भयो?’

‘तपाईंको भएको होइन?’

हेर्नुहोस्, विप्लवसँग उनका कविता, गीत र जीन्दगीबारे गरिएको विस्तृत कुराकानी ‘लेट्स टक’:

असार १५, २०८२ आइतबार १८:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad