पछिल्लोपल्ट हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक संसदबाट पारित गरी छाड्ने भनेर मन्त्रीदेखि प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताहरू भनिरहेकै थिए। तर, रातारात हिउँदे अधिवेशन नै अन्त्य गरेर चैत १९ गते प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डतिर उडे।
विधेयक पारित गराउन दबाबका लागि देशभरबाट काठमाडौँमा भेला भएका शिक्षकहरू हेरेका हेर्यै भए। सरकारको यस व्यवहारबाट शिक्षकहरू झनै आक्रोशित भएका छन्। र, माग पूरा नगरेसम्म काठमाडौँ नछाड्ने अडानका साथ उनीहरू सडकमा उत्रिएका छन्।
सडक संघर्षको नेतृत्व गरिरहेकी महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीसँग ‘नेपालखबर तत्कालै’मा कुराकानी गरिएको छ।
भिडिओ:
चैत २४, २०८१ आइतबार १६:१६

प्रतिक्रिया