Nepal Khabar TV


सवा ५ करोड लागतमा दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै (तस्बिरहरू)

सवा ५ करोड लागतमा दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै (तस्बिरहरू)

सरोज नेपाल
फागुन १, २०८१ बिहिबार १८:५, काठमाडौँ

दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याइएको छ।

नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइएको हो।

पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ। सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि व्रिक सोलिङ गरिएको छ।

त्यसभन्दा पीसीसी ढलान गरिएको छ। त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ। यो १६ एमएमसम्मको हुनेछ।

सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले काम गरिरहेको हो। २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने ग्रेनाइटका कारण बर्षामा पैदलयात्रु चिप्लिने आशंका गरिरहँदा काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले भने निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad