चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। चार दिने भम्रणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
आजदेखि मंसिर २० गतेसम्मका लागि चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीका साथमा उनकी धर्पमत्नी राधिका शाक्य पनि छिन्। ३९ जनाको सरकारी टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बेइजिङ अवतरण गर्नेछन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो। ओलीको बिदाइमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
मंसिर १७, २०८१ सोमबार १२:९

प्रतिक्रिया