राजनीति


कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमानले अग्रता झन् बढाए

एमाले दोस्रो, माओवादी तेस्रो
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमानले अग्रता झन् बढाए

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १२:३०, काठमाडौँ

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले एक हजार ८९२ मतसहित अग्रता लिइरहेका छन्।

कीर्तिपुरमा एमालेका डा.सुरेन्द्र मानन्धरले १ हजार ३७८ र माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले १ हजार १८८ मत पाएका छन्।

यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७३६ मत ल्याएका छन्। कीर्तिपुर १ र ४ को वडाध्यक्षमा कांग्रेस विजयी भइसकेको छ। 

अघिल्लो निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राज कुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केश रत्‍न बज्राचार्यले ५ हजार ५०७ र माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए।

यहाँ मेयरमा विजयी राज कुमार नकर्मीकाे निधन भएपछि उपनिर्वाचन भएकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad