Nepal Khabar TV


‘बुझ्नेले बुझेका छन् बाटुलीको विद्रोह’ (भिडिओ)


नेपालखबर
मंसिर ३ , काठमाडौँ

गत चैत ताकाको कुरा हो। अञ्जना बराइली ‘पुजार सार्की’ को सुटिङ सकेर घर फर्किएकी थिइन्। सोहीबेला लेखक महेश दवाडीले पूर्णबहादुरको सारंगी फिल्मबारे बताए। अञ्जनाको दवाडीसँग राम्रो सम्बन्ध थियो। उनले नै अञ्जनालाई टिमसँग भेट गराइदिए।

जब फिल्मको आइडिया सुनिन्, तब उनलाई यो फिल्ममा काम गर्नुपर्छ भन्ने लाग्यो। कथा नौलो लागेपछि सोही दिन नै फिल्ममा साइन गरेको उनी बताउँछिन्।

अञ्जनालाई बाटुली क्यारेक्टरमा देखिनु भने चुनौतीपूर्ण रह्यो। फिल्मभित्र बाटुली पात्रका चारवटा चरण छन्। एउटा भर्खर प्रेम बस्दाको। अर्को, बेहुली हुँदाको। तेस्रो, गर्भवतीको र चौथो, बच्चा ठूलो भइसकेपछिको।

यी सबै चरणमा समयअनुसार परिवर्तन हुँदै जानुपर्ने थियो। अनि फरक फरक भावभंगी ल्याउनुपर्ने भयो। यही कारण बाटुलीको चरित्रमा ढाल्न निकै गाह्रो भएको उनले भोगाइ छ।

प्रस्तुत छ पूर्ण बहादुर को सारंगीकी बाटुली अञ्जना बराइलीको भिडिओ कुराकानी।

मंसिर ३, २०८१ सोमबार १७:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad