ad ad

Nepal Khabar TV


व्यक्ति र नेतृत्वको प्रभावमा नपरी विचार पारित गर्छाैं : यामलाल कँडेल (भिडिओ)


नेपालखबर
असोज १४ , काठमाडौँ

नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन गर्दैछ।

देशभरबाट ६ हजार सहभागी हुने भनिएको तीन दिनसम्म चल्ने उक्त महाधिवेशनले राजनीतिक, विधान र संगठनात्मक प्रतिवेदन पारित गर्नेछ।

मंसिरमा हुन लागेको दशौँ महाधिवेशन तय गरेको एमालेले विधान महाधिवेशनलाई त्यसकै तयारीका रुपमा पनि लिएको छ।

आगामी चुनावको तयारी, पार्टी विभाजनको प्रभाव, संगठनलाई तीव्रता र एमालेको अबको वैचारिक कार्यदिशा लगायतका विषयबारे विधान महाधिवेशनमा छलफल गरी निष्कर्ष निकाल्ने तयारी छ। 

कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेलले यो महाधिवेशनले महाधिवेशनको तयारी पार्टीको कार्यदिशा र नीति तय गर्ने बताए। 

कँडेलले एमालेमा देखिरहने विचार र सिद्धान्तको प्रश्नको निरुपण गर्दै यो महाधिवेशनले पार्टीलाई एकतावद्ध बनाउन सफल हुने पनि दाबी गरे।

असोज १४, २०७८ बिहिबार २०:२४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .