ad ad

मधेस


मधेसकी सांसदले प्रदेशसभा बैठकमा ‘जनताले अब जुत्ता हान्छन्’ भनेपछि... (भिडिओ)

प्रदेशसभा रेकर्डबाट हटाइयो अभिव्यक्ति
मधेसकी सांसदले प्रदेशसभा बैठकमा ‘जनताले अब जुत्ता हान्छन्’ भनेपछि... (भिडिओ)

नेपालखबर
असार २२, २०८१ शनिबार १६:४९, काठमाडौँ

मधेस प्रदेश सांसद उर्मिलादेवी सिंहले प्रदेशसभा बैठकमा राखेको शख्द रेकर्डबाट हटाइएको छ। 

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मुख्यमन्त्री सतीशकुमार सिंहलाई विश्वासको मत दिने जानकारी गराउन रोष्ट्रममा पुगेकी सांसद सिंहले ‘यही अवस्था रहिरहे ८४ को चुनावमा जनताले जुत्ताले हान्ने’ बताएकी थिइन्। 

सभामुख रामचन्द्र मण्डलले उक्त शब्द रेकर्डबाट हटाइएको जानकारी गराए।

‘माननीय सदस्य ज्यू, माननीय उर्मिलादेवी सिंहले शब्दको जुन चयन गर्नुभयो त्यो रेकर्डबाट हटाउन आग्रह गर्दछु’ मण्डलले भने। 

सम्बोधनको क्रममा उनले सुरुमा नेपाली भाषामा सम्बोधन गरिन्। मुख्यमन्त्रीलाई पार्टीको तर्फबाट समर्थन रहेको जानकारी गराउँदै सफल कार्यकालको शुभकामना दिइन्। 

भिडिओ

त्यसपछि उनले भाषा परिवर्तन गरिन्। 

अब मैथिलि भाषामा बोल्ने भन्दै उनले मधेस प्रदेशको सत्ता राजनीतिक मोहबारे बोलिन्। 

‘पूर्व मुख्यमन्त्रीलाई चार पटक विश्वासको मत दिर्यौँ। सतीशकुमार मुख्यमन्त्री बनेको हुनुहुन्छ, उहाँलाई पनि हामी विश्वासको मत दिन्छौँ,’ उनले भनिन्, ‘मधेस प्रदेशमा विकास कम राजनीति ज्यादा भयो। हरदम पद र कर्सीमात्रै चाहिएको छ। टाङखिचाइ बढेको छ।·

उनले समानुपातिक सांसदका लागि बजेटमै विभेद भएकोसम्म सुनाइन्। 

‘समानुपातिक सांसदका लागि त बजेटमा पनि विभेद छ। म यो आग्रह गर्छु, कि आफू अभिभावक हो, १०७ सांसदलाई बराबर लिएर जानुहोला,’ उनले भनिन्। 

त्यति भन्नासाथ उनले नेताहरूप्रति जनताको आक्रोशमाथि प्रश्न गरिन्। 

‘नत्र अहिले यस्तै रहिरह्यो भने ८८को चुनावमा जनताले हामी सबैलाई जुत्ताले मार्नेछन्। यो पनि एकदम सहि हो। यहाँ खाली पैसा, कुर्सी चलखेल भइरहेको छ,’ उनले भनिन्। 

मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका छन्। गत जेठ २५ गतेमात्रै नेकपा एमाले र माओवादी केन्द्रसहितका दलको सहयोगमा मुख्यमन्त्री बनेका सिंहले गठबन्धन फेरेर विश्वासको मत लिएका हुन्। 

उनको पक्षमा ६७ मत र विपक्षमा ३४ मत प्राप्त भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .