जीवनशैली


काठमाडौँसम्मै आइपुग्न सक्छ वीरगन्जको हैजा, यी कुरामा ध्यान दिऊँ : डा पुन (भिडिओ)


नेपालखबर
भदौ १४ , काठमाडौँ

लगातार पालतो दिसा हुने, बान्ता आउने, मासंपेशी दुख्ने र अर्थचेत अवस्थामा बिरामीले पर्साको नारायणी अस्पताल भरिएको छ। आकस्मिक कक्षदेखि अन्य शय्या हैजाका बिरामीले भरिएपछि अस्पतालले भुईँमा बिरामी राखेर उपचार गरिरहेको छ। 

चिकित्सकहरूका अनुसार, लगातार दिसा, बान्ता हुने र बेहोसीको अवस्थामा बिरामी अस्पताल पुग्ने गरेका छन्। १० दिनदेखि फैलिएको हैजा संक्रमण नियन्त्रणमा आउन सकेको छैन।

पर्साको वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकामा हैजाले सताइरहेको छ। वीरगन्जमा त हैजा समुदाय स्तरमा नै फैलिएको छ। हैजा नियन्त्रण आउन नसक्दा वीरगन्ज अस्तव्यस्त बनेको छ। 

विसं २०६६ सालमा महामारीको रूप लिएको थियो। त्यस वर्ष विकट जिल्ला जाजरकोटका १० वटाभन्दा बढी गाविसमा हैजा फैलिएको थियो। सरकारी तथ्यांक अनुसार त्यस वर्ष ३० हजारभन्दा बढी व्यक्तिमा हैजा देखिएको थियो। कम्तीमा १ सय ११ जनाको ज्यान गएको थियो। उक्त महामारी सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगाएतका जिल्लामा पनि फैलिएको थियो। 

महामारीकै रूप नलिए पनि नेपालमा प्रत्येक वर्षजसो यो संक्रामक रोग देखिने गरेको छ। खानेपानीको माध्यमबाट सर्ने हैजाको प्रकोपले २०७८ सालमा कपिलवस्तुको कृष्णनगरलाई सताएको थियो। त्यतिखेर १० जनाको मृत्यु भएको थियो भने ५०० सय जना संक्रमित भएका थिए। त्यस वर्ष हैजा नियन्त्रण गर्न कृष्ण नगरमा खोप अभियान नै चलाउनुपरेका थियो। 

यस वर्ष वीरगन्जमा यो प्रकोप देखिएको छ। तर, अहिलेसम्म यसको कारण पत्ता लाग्न सकेको छैन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार हैजा ‘भिब्रियो कोलेरा’ नामक जीवाणुका कारण लाग्ने सरुवा रोग हो। 

‘हैजा पानीजन्य एक संक्रामक पखाला गराउने रोग हो। जसलाई चिकित्सकीय भाषामा ‘कोलेरा’ भनिन्छ। वर्षा र गर्मीयाममा ‘भिब्रियो कोलेरा’ नामको जीवाणु सक्रिय हुन्छ,’ उनी भन्छन्, ‘ती जीवाणु दूषित पानी र खानेकुरालाई माध्यम बनाई मानिसमा सर्ने गर्छन्।’

डा पुनका अनुसार हैजाको समयमै उपचार नभए बिरामीको मृत्यु हुने गर्छ। हैजा संक्रमण देखिएका १० जनामध्ये १ जनामा कडा खालको लक्षण देखिने डा पुन बताउँछन्। 

हैजा संक्रमण कसरी हुन्छ? वीरगन्जमा हैजा कसरी फैलियो? नियन्त्रणका लागि के गर्नुपर्ला? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भिडिओ ब्रिफिङ:

भदौ १४, २०८२ शनिबार ९:४८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad