जीवनशैली


मान्छे कोमामा हुँदा कस्तो हुन्छ मस्तिष्कको अवस्था? (भिडिओ)


नेपालखबर
साउन १० , काठमाडौँ

कहिल्यै ख्याल गर्नुभएको छ, शरीरको कुनै अंगमा आगो वा चिसोमा पर्‍यो भने हामी तुरुन्त हात किन झिक्छौँ? चोटपटक लाग्यो भने पीडा महसुस गरेर किन रुन्छौँ? खुसी हुँदा मज्जाले किन हास्छौँ? 

यसको कारण हो- हाम्रो मस्तिष्क। 

८६ हजार अर्ब न्युरोनहरुबाट बनेको मस्तिष्कले हामीले गर्ने सबै गतिविधि र स्वचालित हुने श्वास प्रश्वासलाई समेत नियन्त्रणमा राख्छ। अझ भनौँ मस्तिष्कको आदेशमा मात्र शरीरको गतिविधि चल्छ। शरीरका सबै जैविक प्रक्रिया नियन्त्रित र सन्तुलित राख्ने काम स्नायु प्रणालीको हो । यसको मूल एकाइ कोषलाई स्नायु कोष वा न्युरोन भनिन्छ। 

न्युरोन भनेको मानव मस्तिष्क र स्नायु प्रणालीको मुख्य कोष हो। यो शरीरको कुल तौलको २ प्रतिशत हुन्छ। न्युरोनले शरीरले लिने २० प्रतिशत अक्सिजन प्रयोग गर्छ। एउटा न्युरोनको हजारौँ न्युरोनसँग सम्पर्क गर्न सक्ने क्षमता हुन्छ। मानव मस्तिष्क १.३ देखि १.४ किलोग्रामको हुन्छ। मस्तिष्कले तीन भागमा विभाजित भएर काम गर्छ। 

पहिलो हो, सेरिब्रम। सेरिब्रम मस्तिष्कको सबैभन्दा ठूलो भाग हो। यसले सोच्ने, निर्णय गर्ने, सम्झने, बोल्ने, भावना बुझ्ने र निर्णय बुझ्ने काममा मद्दत गर्छ। यो पनि दुई भागमा बाँडिएको हुन्छ, दायाँ र बायाँ।

मस्तिष्कको दोस्रो भाग हो, सेरिबेलम। यो टाउकाको पछाडि तल्लो भागमा हुन्छ। यसले हाम्रो शरीरमा सन्तुलन बनाइराख्न मद्दत गर्छ। 

अर्को भाग हो, ब्रेनस्टोम। अर्थात्, मस्तिष्क र मेरुदण्ड जोड्ने भाग। यसले श्वास प्रश्वास, मुटुको चाल र रक्तचाप नियन्त्रण गर्छ। 

कुनै तातो या चिसोमा हात पर्यो भने मस्तिष्कले निर्णय गर्छ। मस्तिष्कले मासंपेशीलाई हात उठाऊ भन्ने आदेश दिन्छ। त्यो आदेश विद्युतीय गतिमा सन्देशको रुपमा मस्तिष्कबाट मेरुदण्ड हुँदै हाततर्फ जाने नसामा पुग्छ। अनि मासंपेशीले तुरुन्तै त्यो आदेशसुनेर तुरुन्तै हात उठाउँछ। यो सबै प्रक्रिया सेकेन्डभित्र भइसक्छ। 

तातो वस्तु छोइरहँदा छालामा रहेका न्युरोनहरुले तातो भन्ने सूचना मस्तिष्कमा पठाउँछन्। र, त्यसपछि मस्तिष्कले निर्णय गर्छ। हात हटाऊ भन्छ, अनि फेरि आन्देश तल जान्छ। 

मस्तिष्क र शरीरका अंगबीच दुईतर्फी संवाद चलिरहन्छ। हरेक सेकेन्डमा हजारौँ विद्युतीय सन्देशहरु आदान–प्रदान हुन्छन्। यही कारण हामी सोच्ने, हिँड्ने, महसुस गर्ने, प्रतिक्रिया दिने लगाउतका क्रियाकलाप गर्छौँ। 

मस्तिष्क शरीरको सबैभन्दा जटिल र महत्त्वपूर्ण अंग हो। केन्द्रीय स्नायु प्रणालीको मुख्य हिस्सा मस्तिष्कले शरीरका सबै गतिविधिहरु नियन्त्रण गर्छ। हामीले सोच्ने, सम्झने, महसुस गर्ने, हिँड्ने, बोल्नेदेखि श्वास फेर्नेलगायत अनेक काम मस्तिष्कले गर्छ। 

स्नायुप्रणालीले यसरी मानव शरीर जीवित राख्न मस्तिष्कको निर्णायक भूमिका हुन्छ । त्यसैले शरीरका अन्य अंग–प्रणाली ठीक रहेको अवस्थामा पनि मस्तिष्क मृत (ब्रेन डेथ) भएमा मानव जीवन समाप्त हुन्छ । 

मानव मस्तिष्कले मानिसलाई मानिसजस्तै बनाउने विभिन्न काम गर्छ। जस्तो– व्यवहार, बोली, अनुभूति, भावना, विचार, ध्यान, एकाग्रता आदि नियन्त्रित राख्छ । समय, स्थान र व्यक्तिको पहिचान गराउँछ । सम्झना, ज्ञान, बुद्धि, विवेक, निर्णय र शरीरको अवस्थाको चेतजस्ता मनोवैज्ञानिक क्रियाकलाप नियमित राख्छ । व्यक्तिको समग्र स्थितिलाई नियमित र स्वस्थ राख्ने काम गर्छ । 

मस्तिष्कले हामी गरिरहेको कामको सम्झना गराउने काम गर्छ। हातले मोबाइल कस्तो हुन्छ थाहा पाइसकेका कारण हामी आँखा चिम्लिएर कसैले मोबाइल तपाईँको हातमा राखिदियो भने नदेखेरै पनि मोबाइल भन्ने चिन्छौँ। मस्तिष्कले मोबाइलको संरचना पत्ता लगाइसक्छ। 

खासमा मस्तिष्क कस्तो होला? मस्तिष्कभित्र के हुन्छ? यसले कसरी काम गर्छ त? अनि कोमामा जाने र ब्रेन डेथ हुने अवस्था केके हुन्? वीर अस्पतालका चिफ कन्सल्ट्यान्ट न्युरो सर्जन डा विनोद राजभण्डारीको भिडियो बिफ्रिङ: 

साउन १०, २०८२ शनिबार ७:४३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad